काठमाडौंको भृकुटीमण्डपमा आगलागी

माण्डवी न्युज
माण्डवी न्युज २९ असार २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौं – भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा आगलागी भएको छ । आगलागी भएको खबर आउने वित्तिकै काठमाडौं महानगरपालिकाको दमकल त्यहाँ पुगेको छ ।

ललितपुर महानगरबाट पनि दमकल बोलाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले  बताए ।

उनका अनुसार अहिले दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । आगलागी कसरी सुरु भयो भन्ने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्

Array