सुदूरपश्चिममा विपक्षीको १४ बुँदे माग पूरा गर्न सरकार तयार, प्रदेशसभाको अवरोध हट्यो

माण्डवी न्युज
माण्डवी न्युज २९ असार २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटलाई लिएर विपक्षी दलले राखेको माग पूरा गर्ने वचन दिएको छ ।

मुख्यमन्त्री त्रिलोचन भट्टसहितका मन्त्री र विपक्षी दलका नेताहरुको बैठकमा नेकपा एमालेसहितका विपक्षी दलले बजेटमाथि राखेका १४ बुँदे माग पूरा गर्ने सहमति भएको हो ।

यो सहमतिसँगै प्रदेशसभामा विपक्षी दलहरुले गरेको अवरोध हटेको छ । आर्थिक मामिलामन्त्री प्रकाशबहादुर रावलले प्रदेशसभा बैठक बुधबार दिउँसो ३ बजे बस्ने बताए । उक्त बैठकमा बजेटमाथि छलफल गर्ने र बुधबार नै बजेट पारित गर्ने तयारी छ ।

नेकपा एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७९–८० को बजेट संशोधन गर्नुपर्ने भन्दै १४ बुँदे माग राखेको थियो ।

उक्त माग पूरा नभएसम्म प्रदेशसभा बैठक चल्न नदिने अडान लिएका थिए । बुधबार प्रदेश सरकारले ती माग पूरा गर्ने सहमति जनाएपछि प्रदेशसभाको अवरोध हटेको हो ।

प्रतिक्रिया दिनुहोस्

Array