कामदारको लाखौं रुपैयाँ लिएर ठेकेदार सम्पर्क बिहिन

माण्डवी न्युज
माण्डवी न्युज ३० असार २०७९, बिहीबार
3 Min Read
Aa

दाङ – काम गरेको ज्याला नपाए पछि न्याय माग्दै महिलाहरु लमही नगरपालिका पुगेका छन। यो लमही नगरपालिका वडा नम्बर ४ सेमरहवाको घटना हो।

ठेकेदारले काम गरेको पैसा लिएर सम्पर्क बिहिन हुँदा दाङ लमही नगरपालिका वडा नम्बर ४ का।महिलाहरु न्याय माग्दै लमही नगरपालिका पुगेका हुन ।

लमही नगरपालिका वडा नम्बर ४ सेमरहवाकी कृष्णा चौधरीले पैंतालीस दिन काम गरिन तर पैसा एक सुको पाउन सकिनन । ज्यामी काम गरेर गुजारा चलाउदै आएकी उनी पैसा नपाएपछि समस्यामा परेकी छन । “वर्षा लाग्यो खेतीपाती गर्नका लागि बीउ बिजन मल किन्न सजिलो होला भनेर काममा लागे तर ठेकेदारले पैसा ठगेर भाग्यो”- कृष्णाले भनिन ।

त्यस्तै वडा नम्बर ४ ठुलो घुम्नाकी पबित्रा चौधरीले पनि सोही ठेकेदारसंग टेक्टरले काम गरे बाफत एक लाख पचहत्तर लाख रुपैयाँ लिनु पर्ने भएको बताइन् ।

त्यस्तै सेमरहवाकै बिष्णु चौधरीले पनि १६ दिन काम गरेको पैसा नपाएको गुनासो गरिन । ठेकेदारले पैसा देलान भन्ने मानेर विश्वास गरियो तर पैसा नदिएर भागेको भन्दै आफुहरुले काम गरेको पैसा दिलाइ दिन सरोकारवालालाई अनुरोध गरिन ।

ज्यामी काम गरेर साँझ बिहान छाक टार्ने कृष्णा, पवित्रा र विष्णु जस्तै पचासौं महिलाहरू ठेकेदारले पैसा नदिए पछि न्यायका लागि लमही नगरपालिका पुगेका छन । ठेकेदारले पैसा कुनै पनि हालतमा दिनु पर्ने पिडित महिलाहरुको माग छ, यदि पैसा नदिए कानूनी उपचार तर्फ लाग्ने उनिहरुको भनाई छ ।

आर्थिक वर्ष २०७७/७८ मा बिनियोजित बजेटबाट लमही नगरपालिका वडा नम्बर ४ को सेमरहवामा पक्की नाली निर्माणका लागि रामकृष्ण निर्माण कम्पनीले जिम्मा लिएको थियो । उक्त योजना पचास लाखमा निर्माण गर्ने भनेर ठेक्का सम्झौता भएको थियो, हाम्रो कम्पनीले पेटी ठेक्कामा दाङ दुधरासका सोभाराम कवँरलाई दिएको थियो ।

उनले फेरि सल्यानका नवीन थापा नाम गरेका व्यक्तिलाई ठेक्का दिएका रैछन मलाई जानकारी भएन । योजना सम्पन्न भएर भुक्तानी समेत भैसक्दा कामदारले मलाई पैसा नपाएको गुनासो गरेको भए उता दिने पैसा रोक्दिने थिए रामकृष्ण निर्माण कम्पनीका गिरिराज न्यौपानेले भने ।

ठेकेदारले एउटै योजनामा प्रती व्यक्ति फरक फरक पारिश्रमिक दिएर काम लगाएको पिडितहरुको गुनासो छ । ठेकेदारले कसैले पाँच सय कसैले साढे पाँच सय रुपैयाँ दिएर काम लगाएको उनिहरुको भनाई छ ।

यता लमही नगरपालिकाका न्यायीक समिति सदस्यले केशब कुमार अधिकारीका अनुशार रामकृष्ण निर्माण कम्पनीका मुख्य ठेकेदार आफ्नो सम्पर्कमा रहेको जानकारी दिंदै मुख्य ठेकेदार र दुई पेटी ठेकेदारलाई बोलाएर छलफल गरिने भएको छ। कुनै पनि मजदुरले आफुले काम गरेको पारिश्रमिक पाउनु पर्छ, हामीले तीन पक्षलाई बोलाएर न्यायोचित तरिकाले समस्या हाल गर्छौं”- न्यायीक सदस्य अधिकारीले भने।

प्रतिक्रिया दिनुहोस्

Array