गच्छदार बोल्दाबोल्दै देउवाले रोकेपछि…

माण्डवी न्युज
माण्डवी न्युज ३० असार २०७९, बिहीबार
2 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठकमा बोल्दाबोल्दै नेता विजय गच्छदारलाई रोकेका छन् । निर्धारित समयभन्दा बढी समय लिएर पनि गच्छदारले आफ्नो विचार नटुंगाएपछि देउवाले उनलाई रोकेका हुन् ।

केन्द्रीय सदस्यलाई बोल्नका लागि ५ मिनेट छुट्याएको थियो । शीर्ष तहका नेताहरु साथै पूर्व पदाधिकारी पनि भएकाले बिहीबार बोल्नेहरुलाई बढीमा १० मिनेटसम्म बोल्न दिइएको थियो ।

निर्धारित समय भित्र आफ्नो विचार प्रस्तुत गर्न गच्छदारलाई समयाभाव भयो । विगतको पृष्ठभूमिलाई लम्बेतान रुपमा गच्छदारले बैठकमा राख्न थालेपछि देउवाले भने,‘मलाई थाहा छ ।

थाहा छ । तपाईंका कुरा कति सुन्नु?’ पार्टीभित्र आफ्नो योगदानका विषयमा बोल्दै गर्दा सभापतिले रोकेपछि गच्छदारले नेता बलबहादुर केसीले तिर हेर्दै भने, ‘उहाँ (बलबहादुर)लाई पनि १० मिनेट दिनुभएकै हो ।

’ आफ्नो नाम लिएपछि बलबहादुरले प्रश्न गच्छदारलाई राखे, ‘बढी समय लिएको भन्दै मलाई नै देखाउनुपर्छ त?’ बलबहादुर र गच्छदारबीच केही बेर रोचक तरिकाले छेडछाड चलेको बैठकको दृश्यबारे एक केन्द्रीय सदस्यले जानकारी दिए ।

‘मलाई नै देखाउनुपर्छ त?’ भनि बलबहादुरले प्रश्न फर्काएपछि प्रतिउत्तरमा गच्छदारले भने, ‘तपाई र सभापति बहादुर बहादुर हो । कुरा मिल्छ नि । सभापति डराउने तपाईसँगै हो ।’ एक आपसमा बलबहादुर र गच्छदारले ठट्टा गरेका थिए ।

पाँच/पाँच पटक प्रधानमन्त्री तथा दुई पटक सभापति भएकाले बैठक चलाउने तरिका सभापतिमा हुनुपर्ने सुझाव गच्छदारले देउवालाई दिए । उनले भने,‘तपाई त बैठक चलाउने सभापति पनि हो ।

’ पूर्व पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश सभापतिले आफ्नो विचार राख्ने क्रम बिहीबार सकिएको छ । उपसभामुख चयनका लागिका शुक्रबारको बैठक रोकिएको छ । शनिबारको बैठकमा पदाधिकारी बोल्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array