गभर्नर बर्खास्तीको माग गर्दै अखिल क्रान्तिकारीको प्रदर्शन

माण्डवी न्युज
माण्डवी न्युज ३० असार २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्तीको माग गर्दै अखिल क्रान्तिकारीले प्रदर्शन गरेको छ । बिहीबार प्रदर्शनी मार्गस्थित नेपाल मानविकी क्याम्पस (आर.आ) अगाडी कालो ब्यानरसहित अखिल क्रान्तिकारीले प्रदर्शन गरेका हुन् ।

पार्टीको कार्यकर्ता गभर्नर हुन नसक्नै भन्दै सत्ताको नेतृत्व गरिरहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत पार्टीलेसमेत अधिकारीको राजीनामा मागिरहेका छन् ।

यता, नेकपा एमालेले पार्टीको अर्थ तथा योजना विभाग सदस्य एम अधिकारी गभर्नर नरहेको स्पस्टीकरण दिएको छ भने महाप्रसाद अधिकारीले आफ्नो नाम जोडर प्रचार भइरहेको भन्दै एमाले केन्द्रीय कार्यालयलाई पत्र लेखी आफू कुनै पनि पार्टीको सदस्य रहने कुरा सोच्नसमेत नसकिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array