माओवादी अध्यक्ष प्रचण्ड ३ दिने भ्रमणका लागि आज भारत जाँदै

माण्डवी न्युज
माण्डवी न्युज ३१ असार २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुषपकमल दाहाल प्रचण्ड आज भारत भ्रमण जाँदै छन् ।

भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा प्रचण्ड आज दिउँसो १ बजे तीन दिने भ्रमणका लागि नयाँ दिल्ली जानका लागेका हुन् ।

डेढ महिनाअघि नेपालका लागि तत्कालीन भारतीय राजदूत विनय मोहन क्वात्राले भारतकोतर्फबाट निम्तो दिएको प्रचण्डको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार त्यसक्रममा प्रचण्डले जुलाइको दोस्रो सातासम्म भ्रमण सम्भव हुने बताए पनि भाजपाका अध्यक्ष जगतप्रकाश नड्डाले नै निम्तो दिएपछि औपचारिकरुपमा भ्रमण तय भएको हो ।

प्रचण्डको भारत भ्रमणबारे बिहीबार बसेको माओवादीको स्थायी समिति बैठकमा पनि छलफल भएको थियो ।

प्रचण्ड साउन १ गते आइतबार स्वदेश फर्किने छन् ।

प्रतिक्रिया दिनुहोस्

Array