लमही ट्राफिक प्रहरीलाई सामाग्री हस्तान्तरण

माण्डवी न्युज
माण्डवी न्युज ३१ असार २०७९, शुक्रबार
1 Min Read
Aa

दाङ – लमही नगरपालिकाले अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीलाई अत्यावश्यक सामाग्री हस्तान्तरण गरेको छन । राजमार्गहरुमा हुने सवारी दुर्घटनाहरुको रोकथाम गर्ने उद्देश्यका साथ लमही नगरपालिकाले ट्राफिक प्रहरीलाई अत्यावश्यक ट्राफिक सामाग्री हस्तान्तरण गरेको लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले बताए ।

बढ्दो ट्राफिक समस्या तथा यसबाट हुने सम्भावित जोखिमलाई न्यूनिकरण गर्न अत्यावश्यक ट्राफिक सामाग्री अतिनै उपयोगी हुने लमही नगरपालिका नगर उपप्रमुख लक्ष्मी योगीले बताए । प्रहरीलाई साधनस्रोत सम्पन्न गराई समाजमा शान्ति सुरक्षा कायम गर्न तथा अपराध न्युनिकरणका लागि अत्यावश्यक ट्राफिक सामाग्री हस्तान्तरण गरेको लमही नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले बताए । अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीका इञ्चार्ज विक्रम विकलाई ट्राफिकलाई चाहिने अत्यावश्यक सामाग्री हस्तान्तरण गरेको हो ।

जसअन्तरगत ट्राफिक कोण ४० थान, अल्कोहल ब्रेथलाइजर २ थान, म्याजिक लाइट ४ थान, फोलोरोसेन्ट ज्याकेट १० थान, सर्चिङ् लाईट १ थान, रिफरेटिक्ट स्टिकर एक रोल र चार्जयबल लाईट १ थान शुक्रबार एक कार्यक्रमका बिच अत्यावश्यक ट्राफिक सामाग्री हस्तान्तरण गर्नुभएको लमही नगरपालिका वातावरण सरसफाइ तथा विपद् व्यवस्थापन शाखा प्रमुख गायत्री थापाले जानकारी दिइन ।

प्रतिक्रिया दिनुहोस्

Array