ढुंगा गिट्टी ओसारपसार गरेको आरोपमा वडाध्यक्षको टेक्टर प्रहरी नियन्त्रणमा

माण्डवी न्युज
माण्डवी न्युज ३१ असार २०७९, शुक्रबार
3 Min Read
Aa

दाङ – गढवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष बीरबहादुर आलेको टेक्टर प्रहरीले नियन्त्रणमा लिएको छ। खोलाबाट ढुंगा गिट्टी ओसारपसार गरेको भन्दै इलाका प्रहरी कार्यालय गढवाले रा १ त ४२४४ नम्बरको टेक्टर नियन्त्रणमा लिएको प्रहरी निरीक्षक रन्जु केसीले जानकारी दिईन।

प्रहरी निरीक्षक केसीले दिएको जानकारी अनुशार वडा नम्बर ६ का वडाध्यक्ष आलेले आफ्नो वडाका मनिकापुर र आँटीपाकरका सडक बाटोमा खाल्डा खुल्डी परेका छन, नजिकैको खोलाबाट ढुंगा गिट्टी लिएर हाल्छु भनेका थिए । खोला बाट ढुंगा गिट्टी उठाउन र राजश्व समेत लिन बन्द भैसकेको समय भएकोले ठिकै छ खाल्डा खुल्डी पुर्दा स्थानीयलाई सजिलो हुन्छ भने मैले पनि गाउँ समाजसंग सल्लाह गरेर गर्नु होला भनेको थिएँ”- प्रहरी निरीक्षक केसीले भनिन ।

वडाध्यक्ष आलेले आफ्नो टेक्टरको नम्बर पनि गढवा प्रहरीलाई टिपाएका थिए । तर उक्त टेक्टरले खाल्ड खुल्डी परेको स्थानमा ढुंगा गिट्टी नहालेर अन्यत्र घर बनाउने स्थानमा डम्पिङ गरेको भन्ने गुनासो आएपछि टेक्टर नियन्त्रणमा ल्याएको प्रहरी निरीक्षक केसीको भनाई छ। वडाध्यक्ष आलेको टेक्टर अहिले पनि गढवा प्रहरीको नियन्त्रणमा छ ।

हामीलाई प्राप्त भिडियोमा घर निर्माण गर्न लागेको घर वरिपरि टेक्टर गुडिरहेको देखिन्छ । नजिकै निर्माधीन घर पनि देखिन्छ । सडकमा हाल्ने भनेर खोलाबाट निकालेको ढुंगा गिट्टी कुनै व्यक्तिको घर निर्माणका लागि पठाएको भन्दै सामाजिक संजालमा वडाध्यक्ष आलेको चर्को आलोचना भैरहेको छ ।

मेरो चरित्रहत्या गर्ने काम भयो – वडाध्यक्ष आले

गढवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष बीरबहादुर आलेले आफु माथि लगाइएको आरोप गलत भएको दावी गरे । जसले मेरो बारेमा अनेकन कुरा लगाएर टेक्टर नियन्त्रण गर्न लगायो, सो व्यक्तिले बारम्बार खोलाबाट ढुंगा गिट्टी, बालुवा चोर्ने काम गर्थ्यो, उसको टेक्टर मैले केहि पटक प्रहरीको जिम्मा लगाएको थिए त्यहि बदला लिनलाई आज म माथि आइ लाग्यो”- वडाध्यक्ष आलेले भने ।

स्थानीयले सडकका खाल्डा खुल्डी पुरिदिन पर्यो भनेर पटक पटक गुनासो गरेपछि मैले गढवा प्रहरी संग समन्वय गरेर नै काम गर्न लागेको थिए, तर अन्यत्रको फोटो भिडियो जोडेर मेरो व्यक्तिगत र मेरो पदको बदनाम गर्न खोजियो”- आलेले भने । मैले व्यक्तिगत स्वार्थका लागि गर्न खोजेको हैन, सामाजिक काम गर्न खोज्दा मेरो विरोध भयो, विरोध मात्र भएन मेरो चरित्रहत्या समेत भयो यो बारे मैले कानूनी उपचार खोज्ने छु” वडाध्यक्ष आलेको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

Array