जातिय भेदभाव गर्नु अपराध – नगर प्रमुख चौधरी

माण्डवी न्युज
माण्डवी न्युज ३१ असार २०७९, शुक्रबार
1 Min Read
Aa

दाङ – लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले जातिय भेदभाव गर्नु अपराध भएको बताए । लमही नगरपालिका वडा नम्बर ८ उच्चानिम्बुमा नवनिर्मित दलित महिला समुहको भवन उद्घाटन कार्यक्रममा सो कुरा बताए ।

सबै समुदायका मानिसले समाजमा स्वतन्त्र भएर बाँच्न पाउने अधिकार भएकोले कसैले पनि होच्याएर, दबाएर र जाती विशेष आक्षेप आउने व्यवहार गर्न नहुने नगर प्रमुख चौधरीको भनाई छ ।

No description available.

त्यस्तै नगर उपप्रमुख लक्ष्मी योगीले महिलाहरु चुलो चौकोमा मात्र सिमित हुन नहुने बताइन् । आधा आकाश ढाकेका नारीहरुले नेतृत्व हाँक्न सक्ने भन्दै अवशर आउँदा छोड्न नहुने उनको भनाई छ । कसैले पनि भेदभाव गर्न नहुने भन्दै समाज परिवर्तनमा सबैले हातेमालो गरेर जानु पर्ने योगीले बताइन् ।

समाजसेवी दिक्पाल योगीले योजना सम्पन्न गरि सक्दा पनि नगरपालिकाबाट भुक्तानी दिंदा उपभोक्ताले समस्या झेल्नु परेको स्मरण गराउंदै यो कुरामा नगरपालिकाले ध्यान दिनु पर्ने तर्फ नगर प्रमुख र उपप्रमुखलाई सचेत गराए ।

No description available.

लमही नगरपालिका वडा नम्बर ८ बाट प्राप्त ९ लाख ६० हजार रुपैयाँ बजेटबाट उक्त भवन निर्माण भएको थियो । समुहकी अध्यक्ष रिमा विश्वकर्माको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यता एवम् उपप्रमुख लक्ष्मी योगीको बिशिस्ट आतिथ्यमा भएको कार्यक्रममा सचिव यामी विश्वकर्माले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने कार्यक्रमको सहजीकरण पत्रकार प्रिया स्मृती गजमेरले गरेका थिए ।

No description available.

प्रतिक्रिया दिनुहोस्

Array