खानेपानी समितिका उपाध्यक्ष विकको निधन

माण्डवी न्युज
माण्डवी न्युज ३२ असार २०७९, शनिबार
1 Min Read
Aa

दाङ – अश्वारा खानेपानी उपभोक्ता तथा सरसफाई समितिका उपाध्यक्ष यमबहादुर विकको निधन भएको छ । बीपी कोइरला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचारको क्रममा आज बिहान ७ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

फोक्सोमा पानी जमेपछि क्यान्सरको आसंकामा भरतपुर लगिएको भएता पनि रोगको पहिचान नहुँदै उनको निधन भएको हो । जनरल वार्डबाट इमरजेन्सी वार्ड लगेर दुखाइको सुई लगाए लगत्तै निधन भएको हो । उनको आजै धार्मिक परम्परा अनुसार अन्त्यष्टि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array