भारतको स्वागत प्रधानमन्त्री भएर जाँदा भन्दा फरक लागेन : प्रचण्ड

माण्डवी न्युज
माण्डवी न्युज १ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत सरकार र भारतीय जनता पार्टी (भाजपा)ले आफ्नो स्वागतमा कुनै कसर बाँकी नराखेको बताएका छन् ।

तीन दिने भारत भ्रमण सकेर आइतबार स्वदेश फर्किएका प्रचण्डले भने, ‘सरकार र भाजपाको जुन जुन सम्मान र सुरक्षाको जस्तो व्यवस्था गरियो, पहिला प्रधानमन्त्री भएर जाँदा भन्दा फरक लागेन । उस्तै उस्तै गरेको पाइयो ।

’ आफ्नो भ्रमण अपेक्षअनुसार नै भएको उनले बताए । प्रचण्डले अघि भने, ‘कतिपय सन्दर्भमा मैले सोचेभन्दा राम्रो भएको महसुस भएको छ ।’

प्रतिक्रिया दिनुहोस्

Array