बढ्दै कोरोना संक्रमण : एकैदिन ४५७ जनामा पुष्टि, एकको मृत्यु

माण्डवी न्युज
माण्डवी न्युज २ श्रावण २०७९, सोमबार
1 Min Read
Aa

काठमाण्डौ – पछिल्लो २४ घण्टामा थप ४५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६५१ जनाको परीक्षण गरेकोमा ४५७ जनामा संक्रमण भएको हो ।

जसमध्‍ये १ हजार ४७३ जनाको पीसीआर परीक्षण गर्दा ११४ जना र १ हजार ३८६ जनाको एन्टिजेन परीक्षण गर्दा ७१ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ७७६ पुगेको छ । पछिल्लो २४ घण्टामा ४८जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array