मुक्त कमैया, भूमिहिन, सुकुम्वासीले उठाएका गुनासा जायज – मन्त्री थारु

माण्डवी न्युज
माण्डवी न्युज २ श्रावण २०७९, सोमबार
1 Min Read
Aa

दाङ – लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याणमन्त्री ईन्द्रजीत थारुले मुक्त कमैया, भूमिहिन, सुकुम्वासीले उठाएका गुनासा जायज भएको बताए ।

२२ औं मुक्त कमैया दिवसको अवसरमा सोमवार लमहीमा आयोजीत कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री थारुले समाज रुपान्तरणको अभियानको रुपमा मुक्त कमैया दिवसलाई लिएको उल्लेख गरे ।

त्यस्तै लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले गास, बास मात्रै नभएर शिक्षा, स्वास्थ्य रोजगार अनिवार्य रुपमा सुनिश्चित हुनुपर्ने बताए ।

मुक्त कमैया समाज दाङका अध्यक्ष हरिचन्द्र चौधरीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री ईन्द्रजीत थारुको प्रमुख आतिथ्यतामा भएको हो ।

लुम्बिनी प्रदेश सभा सदस्य सरस्वती गौतमले वर्तमान सरकारले मुक्त कमैया, भूमिहिन, सुकुम्वासीको समस्या समाधानमा गम्भिर नभएको आरोप लगाइन ।

कार्यक्रममा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापती चौधरी लगायतले प्रतिबद्धता मन्तब्य ब्यक्त गरे ।

तुलसा चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन गणेशराम चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array