मोटरसाइकल दुर्घटनामा शुसिल केसीको ज्यान गयो

माण्डवी न्युज
माण्डवी न्युज ४ श्रावण २०७९, बुधबार
1 Min Read
Aa

दाङ -कपिलवस्तुको गोरुसिङेमा यात्रुबाहक बसले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

बुटवलबाट बिहान साढे ६ बजे बर्दियाको राजापुरका लागि छुटेको ना ५ख ९३५० नम्बरको यात्रुबाहक बसले वुद्धभूमि नगरपालिका-९ चम्पापुरमा रा ७ प ३५९४ नम्बरको मोटरसाईकलाई बिहान साढे आठ बजे ठक्कर दिएको प्रहरीले बताएको छ ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका-९ बेलुवा निवासी ३० बर्षका सुशील केसी रहेको ईलाका प्रहरी कार्यालय गोरुसिङेले जनाएको छ । र्दुघटनामा परेर गम्भीर घाइते भएका सुशीलको उपचारको क्रममा तौलिया अस्पतालमा मृत्यु भएको हो ।

मोटरसाईकलमा सवार मृतको बहिनी १७ वर्षिया कुश्मा केसीको बुटवलमा उपचार भइरहेको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुशील र कुश्मा मोटरसाईकलमा दाङको तुलसीपुरबाट काठमाडौ जाँदै थिए ।

प्रतिक्रिया दिनुहोस्

Array