प्रेस युनियनमा एक उपाध्यक्ष र ३ सचिव निर्विरोध, अन्य पदमा मतदान हुँदै

माण्डवी न्युज
माण्डवी न्युज ७ श्रावण २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं – नेपाल प्रेस युनियनमा एक उपाध्यक्ष र तीन जना सचिवसहित जना निर्विरोध निर्वाचित भएका छन् । समावेशी उपाध्यक्षमा दीपेन्द्र वान्तवा निर्विरोध निर्वाचित भएका छन् ।

थारु सचिवमा सहदेव चौधरी, अनलाइन सचिवमा छाँया भण्डारी र टेलिभिजन सचिवमा अशोककुमार तिवारी निर्विरोध निर्वाचित भएका हुन् ।

यस्तै, महिला सदस्यमा पूजा शर्मा र सिर्जनाकुमारी गौतम निर्विरोध निर्वाचित भएका छन् । खस आर्य महिला केन्द्रीय सदस्यमा बालिका सिवाकोटी र जेविका कार्की, थारुतर्फ लक्ष्मीमान थारु, थारु महिला सदस्यमा अञ्जना थारु, मधेशी महिलामा सुधा देव पनि निर्विरोध भए ।

आदिवासी जनजातितर्फ छविलाल माल, निमा लामा र सुवासकुमार सुनुवार, आदिवासी महिलातर्फ रीता मगर, दलित महिलातर्फ फूलमाया सुनार, लैंगिक अल्पसंख्यकमा नारद कोहार, अपाङ्गता कोटामा कौरव खत्री चयन भएका छन् । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्

Array