कमलदहमा डुबेर एक जनाको मृत्यु

माण्डवी न्युज
माण्डवी न्युज ७ श्रावण २०७९, शनिबार
1 Min Read
Aa

दाङ – रुकुम पूर्वमा तालमा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सिस्ने गाउँपालिका -५ मा पर्ने कमलदहमा डुबेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ ।

शनिबार दिउँसो दहमा पौडी खेल्ने क्रममा सिस्ने गाउँपालिका-५ चोकबजार निवासी ४५ वर्षीय गोपाल विकको मृत्यु भएको हो । विकको कमलको फूल टिप्ने बेला डुबेर मृत्यु भएको प्रहरीले बताएको छ ।

विक दहमा डुबेको खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालयको टोली घटना स्थलमा पुगेर उनको उद्धार गरेको थियो । विकलाई जिल्ला अस्पताल पुर्याएलगत्तै अस्पतालले मृत घोषणा गरेको अस्पताललाई उद्धत गर्दै प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array