थप ३३५ जनामा कोरोना संक्रमण

माण्डवी न्युज
माण्डवी न्युज ७ श्रावण २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं – पछिल्लो २४ घण्टामा ३३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ९९६ नमुना परीक्षणमा ३३५ जनामा संक्रमण पुष्टि भएको हो ।

एक हजार ८८ पीसीआर परीक्षणमा २१६ र एक हजार ९०८ एन्टिजेन परीक्षणमा ११९ गरी ३३५ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८६ रहेको छ ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या दुई हजार ९७१ रहेको छ । सक्रिय संक्रमितमध्ये दुई हजार ८३२ जना होम आइसोलेसनमा र १३९ जना संस्थागत आइसोलेसनमा छन् ।

संस्थागत आइसोलेसनमा रहेकामध्ये २५ जना आईसीयूमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु भएको छैन ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा १०८, ललितपुरमा ३८, मोरङमा १८, चितवनमा ६, धनुषामा १२, भक्तपुरमा ५, सुनसरी, कास्की र नवलपरासी पूर्वमा ४–४ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array