भक्तपुर दुर्घटनाः तीन मृतकमध्ये एक जनाको पहिचान खुल्यो

माण्डवी न्युज
माण्डवी न्युज ८ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं – भक्तपुरमा रुख ढलेर किच्दा मृत्यु भएका तीन जनामध्ये एकजनाको पहिचान खुलेको छ। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार मृत्यु हुनेहरूमध्ये एकजना भक्तपुर नगरपालिका–२ का २५ वर्षीय विशेष खर्बुजा रहेका छन्।

आइतबार दिउँसो सवा १२ बजे भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित चोगां गणेशमा सडक छेउको सल्लाको रुख ढल्दा बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई किच्दा तीनजनाको मृत्यु भएको र १५ जना घाइते भएका महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत राजु पाण्डेले जानकारी दिए।

उनका अनुसार मृतकमध्ये दुईजनाको अझै पहिचान हुन सकेको छैन। पहिचान नखुलेका मृतक पुरुष रहेका छन्। तीन जनाकै उपचारको क्रममा मृत्यु भएको र बाँकी घाइतेहरूको भक्तपुरका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

Array