हामी पनि साथि जस्तै पढ्न चाहान्छौं – परि र ज्याक्सन

माण्डवी न्युज
माण्डवी न्युज १० श्रावण २०७९, मंगलवार
5 Min Read
Aa

दाङ – लमहीमा अस्थायी रुपमा बस्दै आएका सात वर्षिया परि पुन मगर र पांच वर्षीय ज्याक्सन पुन मगर निकै खुसी भएका छन । एक विपन्न परिवारका ति बालबालिकाले अन्य साथि जस्तै विद्यालय गएर पढ्ने इछ्या व्यक्त गरेका छन । तर उनीहरुको परिवारसंग विद्यालय पठाउन सक्ने सामर्थ्य छैन । जेनतेन साँझ बिहानको छाक टार्न धौ धौ भएको बेला विद्यालय पठाउन सक्ने कुरै भएन ।

बाबासंग पैसा छैन हाम्लाई कल्ले पढाउछ ? परिले भनिन । राम्रो लुगा लगाउन मन छ, राम्रो चप्पल लगाउन मन छ, रोकिदै भाई ज्याक्सन तर्फ हेर्दै परिले भनिन । के हामीलाई पैसा दिनु हुन्छर अङ्कल ? ज्याक्सनले हास्दै भने । हामीलाई बिस्कुट चाउचाउ ल्याइदिनुस ल अङ्कल,,,, ज्याक्सनको भनाई हो यो । कलिला ति दुई बालबालिका विद्यालय जाने समयमा पार्क भित्रको आफ्नै संसारमा रमाई रहेका हुन्छन । उनीहरुको पुर्ख्यौली घर रुकुमको साविक काक्री गाविस हाल रुकुम पुर्वको भूमे गाउँपालिकामा हो ।

No description available.

सानैमा आमाले छोडेर अन्तै गएपछि बाबुको साहारामा बसेका परि र ज्याक्सन यति बेला दाङको लमहीमा छन । सानैमा आमाले छोडेर सम्पर्क बिहिन भएपछी बाबुको साथ् लागेर रुकुमबाट दाङ देउखुरी आएका परि र ज्याक्सनको दिनचर्या हजुर बुवा र हजुर आमा बस्ने जैविक बिबिधता पार्कमै बित्ने गर्छ । भाँडाकुटी खेल्ने, लुकामारी खेल्ने, दौडिने, उफ्रिने गर्दा गर्दै झम्मक साँझ परेको दिदि भाइले पत्तै पाउदैनन । श्रीमती अर्कैसंग बिबाह गरेर हिडे पछि परि र ज्याक्सनालाई लिएर बाबु प्रकाश पुन मगर आफ्ना बुवा र आमा भएको दाङमा आए ।

प्रकाशका बुवा मैते पुन मगर दाङको लमही स्थित अजम्मरी सामुदायिक वनमा लामो समय देखि वन हेरालुको काम गर्दै आएका छन । प्रकाश अहिले छोराछोरी सहित बुवा आमा संग बस्दै आएका छन । प्रकाशले ज्यामी काम गर्छन । पुन परिवारलाई एक सरो लुगा लगाउन र एक छाक खाने कुरा जुटाउन हम्मे पम्मे पर्छ ।

No description available.

जग्गा जमिन छैन, रुकुममा ज्यान पाल्न गाह्रो भएपछी दाङको देउखुरी काम खोज्दै आएको मैते पुनले बताए । छोरा बुहारी अनि नाति नातिनीलाई घरै छोडेर म यता आए उता बुहारी अन्तै हिडिछ”– मैतेले भने । घरमा पकाएर खुवाउने मान्छे नभएपछि सबैलाई यतै आउ भनेर मैतेले नै बोलाएका थिए । मैतेका नाति र नातिनी हुर्किंदै छन, आर्थिक अवस्था कम्जोर छ, केले लेखाउने केले पढाउने ? मैते भन्छन । हामीले त् पढ्न सकेनौ, यिनी बच्चाहरुलाई पढाउँन सके राम्रै हुन्थ्यो ।

दिनभरि चराका बचेरा जस्तै पार्कमा खेली रहने परि र ज्याक्सनले आमाको माया पाउन सकेनन । अहिले उनीहरु हजुर बुवा र हजुर आमासंगै बसेका छन । उनीहरु विद्यालय जान चाहान्छन । पढ्ने रहर भएको बताउछन । अरु जस्तै ड्रेस लगाएर झोला बोकेर विद्यालय जान चाहेको कुरा सुनाउछन । तर यो सबै पुरा गर्ने सामर्थ्य हजुर बुवा मैते र बुवा प्रकाशसंग छैन ।

मैते पुनको परिवार जहाँ बसेको छ, त्यहाँ पनि सबै परिवार अट्न सक्ने अवस्था छैन । पांच जनाको परिवार एउटा कोठामा मिलेर बसेका छन । गर्मि दिनमा त् जसो तसो चलिहाल्छ तर पानी पर्दा र जाडो समयमा निकै समस्या हुने गरेको उनीहरुको भनाई छ । बुढा बुढी मात्र हुँदा गुजारा चलाएकै थियौं अब अन्य सदस्य थपिए पछि सुत्ने ठाउँको समस्या थपिएको छ, ओढ्ने र बिच्छ्याउने कपडाको अभाव भएको छ” मैतेकी श्रीमतीले गुनासो पोखिन ।

आफ्नो सन्तान हुन्, आमाले छोडेर गएपछि मैले हेरचाहा गरेकी छु उनले भनिन । तिनै बालबालिकालाई अहिले विद्यालय सम्म पुर्याउनका लागि बिभिन्न संघ संस्था, व्यवसायीहरुबाट सहयोग जुट्ने क्रम जारि छ । परि र ज्याक्सनको हातमा नयाँ लुगा, चप्पल परेपछि खुसीले गदगद छन । सधैं पुराना च्यातिएका लुगामा देखिने परि र ज्याक्सन अब फरक पहिरनमा देखिने भएका छन ।

बालबालिकाका बाबु प्रकाश भन्छन ”– आमाले जस्तो स्याहार अरुले कहाँ गर्न सकिँदो रैछर ! फेरी यिनी छोराछोरीलाई स्याहार गर्ने कि दुइ चार पैसो कमाएर यिनैलाई पाल्ने भन्ने मुख्य समस्या छ । आमा पनि बुढी हुनुहुन्छ, बुवालाई आफ्नै कामले फुर्सद हुदैन तर अब सबै जिम्मेवारी आमामै थपिएको छ ”– प्रकाशले भने ।

अहिले परि र ज्याक्सनको पठनपाठनको जिम्मा लमहीमा रहेको साधना इङ्ग्लिस स्कुलले लिएको छ । उक्त स्कुलका संचालक शिव ओलीले विद्यालयमा लाग्ने सबै शुल्क नलिने शर्तमा परि र ज्याक्सनलाई कक्षा पांचसम्म पढाउने जिम्मा लिएको जानकारी दिए ।

गएको शुक्रबार देखि ति दुई दिदि र भाइलाई विद्यालय सम्म पठाउनका लागि एउटा अभियान नै चलेको छ । यहाँका सामाजिक अभियान्ता, व्यवसायीहरुले लत्ताकपडा, जुत्ता चप्पल, विद्यालयका ड्रेस, झोला, कापी कलम लगायत सहयोग गरि रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

Array