रवि जुन क्षेत्रबाट चुनाव लड्छन म त्यहिबाट लड्छु – पत्रकार भण्डारी

माण्डवी न्युज
माण्डवी न्युज १२ श्रावण २०७९, बिहीबार
1 Min Read
Aa

काठमाण्डौ – पत्रकार खेम भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछाने निर्वाचन लड्ने क्षेत्रबाटै उम्मेदवारी दिने घोषणा गरेका छन् । भण्डारीले सामाजिक सञ्जाल फेसबुकबाट अगामी संघीय चुनावमा लामिछाने निर्वाचन लडेको क्षेत्रमा उम्मेदवारी दिने उद्घोष गरेका हुन् ।

‘अन्ततः रवि लामिछानेविरुद्ध संघीय चुनाव लड्ने निर्णयमा पुगियो, नेपालको जुन निर्वाचन क्षेत्रमा रवि लडे पनि मेरो उम्मेदवारी रहन्छ,’ भण्डारीले लेखेका छन् । उनले निर्मला हत्या प्रकरणमा लामिछानेले गलत भूमिका खेलेको आरोप लगाउँदै त्यसलाई नै चुनावी एजेन्डा बनाउने समेत बताएका छन् ।

विगतमा समेत निर्मलाको हत्यामा ‘भीआईपी’को हात रहेको दाबी गर्दै आएका भण्डारीले रवि लामिछानेले भीआईपीलाई बचाउन खोजेको आरोप पनि लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array