बाबुराम भट्टराई समूहले पायो ‘नेपाल समाजवादी पार्टी’

माण्डवी न्युज
माण्डवी न्युज १२ श्रावण २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं – डा. बाबुराम भट्टराई समूहले आफ्नो दलको नाम नेपाल समाजवादी पार्टी राखेको छ । निर्वाचन आयोगले भट्टराई समूहको आग्रहमा यसअघि नै आयोगमा दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरेर नेपाल समाजवादी पार्टी बनाइदिएको हो ।

भट्टराई समूहका नेता विश्वदीप पाण्डेले निर्वाचन आयोगले समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरी नेपाल समाजवादी पार्टी र चुनाव चिह्न आँखालाई अद्यावधिक गरेको बताए ।

यो चुनाव चिह्न कुनै समय भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको थियो । जनता समाजवादी पार्टी (जसपा) मा विवाद चर्किएका बेला भट्टराई निकट दीपक लामिछानेको अध्यक्षतामा ५ फागुनमा यो दल निर्वाचन आयोगमा दर्ता भएको थियो ।

अब यो पार्टीको केन्द्रीय समिति बैठक बसेर पदाधिकारी चयन गर्नेछ । त्यतिबेला मात्र भट्टराईसहितका नेताहरु यो पार्टीमा औपचारिक रुपमा रहने उनीनिकट नेताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

Array