ज्ञान ज्योती अन्तर कलेज भलिबलको फाईनलमा

माण्डवी न्युज
माण्डवी न्युज १३ श्रावण २०७९, शुक्रबार
1 Min Read
Aa

दाङ– ज्ञान ज्योती दाङको तुलसीपुरमा जारि अन्तर कलेज भलिबल प्रतियोगिता २०७९ को फाईनलमा प्रवेश गरेको छ । राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसीपुर दाङको आयोजना संचालित प्रतियोगिताको आज शुक्रबार बिहान सम्पन्न पहिलो सेमिफाइनल खेलमा अरनिको मावि नुवागाउँ रोल्पालाई २५-१८,२५-११ र २९-२७ को सोझो सेटमा पराजित गर्दै ज्ञान ज्योती कलेज तुलसीपुरले फाईनल यात्रा तय गरेको हो ।

यसैबिच प्रतियोगिता अन्तरगतको दोस्रो सेमिफाइनलमा मुसिकोट बहुमुखी क्याम्पस रुकुम पश्चिम र न्यु होराईजन स्कुल बुटवल रुपन्देही भिड्नेछन् । खेल दिउँसो ३ बजे हुनेछ । यी दुईको खेल बाट बिजेता टिमले सनिवार उपाधिका लागि हुने फाइनल खेलमा ज्ञान ज्योती कलेज तुलसीपुरसंग कडा प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको बिजेता टिमले नगद १ लाख १ हजार ११ रुपैयाँ, कप , मेडल तथा प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः नगद ५० हजार १ सय ११ र २५ हजार,१ सय ११ रुपैयाँ,मेडल तथा प्रमाणपत्र हात पार्नेछ भने प्रतियाेगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ सर्बोउत्कृष्ट खेलाडी नगद ५ हजार, ट्रफी र प्रमाणपत्र पाउनेछन ।

उत्कृष्ट सेटर,सर्बर, स्पाइकर र लिब्रो लाई जनही २ हजारका दरले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने प्रतियोगिता मुल आयोजक समितिका संयोजक तथा राप्ती किङ भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष कमल खत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

Array