बाँकेमा प्रहरी हिरासतमा रहेकी महिलामाथि असईले नै बलात्कार गरेको आरोप

माण्डवी न्युज
माण्डवी न्युज १३ श्रावण २०७९, शुक्रबार
1 Min Read
Aa
दाङ – बाँकेमा प्रहरी हिरासतमा रहेकी एक महिलामाथि प्रहरी सहायक निरीक्षक (असई) ले नै बलात्कार गरेको आरोप लागेको छ।  बहुविवाह मुद्दामा इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेकी एक महिलालाई मुद्दा शाखाका असई प्रविण चौलागाईले बलात्कार गरेको आरोप लागेको हो।

बलात्कार गरेको आरोप लागेपछि असई चौलागाईलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताए।

‘पीडित भनिएकी महिलालाई जाहेरी दिन भनेका छौं। उहाँको जाहेरी आएपछि के भएको हो भन्ने विस्तृत अनुसन्धान सुरु हुन्छ’, एसपी अधिकारीले भने।

असई चौलागाईले बिहीबार राति पक्राउ परेकी ती महिलालाई मुद्दाको बारेमा सोधपुछ गर्नुछ भन्दै हिरासतबाट निकालेर माथिल्लो कोठामा पुर्याएर बलात्कार गरेको पीडित महिलाको दाबी छ।

प्रतिक्रिया दिनुहोस्

Array