अन्तर कलेज पुरुष भलिबलको उपाधि ज्ञान ज्योतीलाई

माण्डवी न्युज
माण्डवी न्युज १४ श्रावण २०७९, शनिबार
3 Min Read
Aa

दाङ – तुलसीपुरमा सम्पन्न अन्तर कलेज पुरुष भलिबल प्रतियोगिता २०७९ को उपाधि ज्ञान ज्योती कलेज तुलसीपुरले जितेको छ । राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसीपुर दाङको आयोजना तथा दाङ जिल्ला भलिबल संघको समन्वयमा संचालित प्रतियोगिताको आज शनिवार उल्लेख्य दर्शकको उपस्थितिमा भएको कडा प्रतिस्पर्धा अनि रोमाञ्चक फाइनल खेलमा न्यु होराईजन बोर्डिङ स्कुल बुटवल रुपन्देहीलाई १८-२५, २९-२७, १६-२५, २७-२५ र १५-१० अर्थात ३-२ को सेटमा पराजित गर्दै ज्ञान ज्योती कलेजले उपाधी जितेको हो ।

उपाधीसंगै उसले नगद एक लाख एक हजार एक सय एघार रुपैया, कप, मेडल, प्रमाणपत्र हात पार्यो । फाईनलमा सम्मानजक हार ब्यहोरेको न्यु होराईजन उपविजेतामा सिमित रहदै नगद पचास हजार एक सय एघार रुपैया, मेडल प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो । त्यस्तै प्रतियोगितामा मुसिकोट बहुमुखी क्याम्पस खलंगा रुकुम पश्चिम तृतीय भयो ।

उसले नगद पच्चीस हजार एक सय एघार रुपैया हात पार्यो । प्रतियोगितामा ब्यक्तिगत बिधा तर्फ सर्बोउत्कृष्ट खेलाडी न्यु होराईजन बोर्डिङ स्कुल बुटवल रुपन्देहिका बबिन थापा भए । उनले नगद पाच हजार,ट्रफी,मेडल र प्रमाणपत्र हात पारे । त्यस्तै वेस्ट सेटर ज्ञानज्योतिका सुदिप राना, वेस्ट लिबेरो ज्ञानज्योतिकै बिनोद बुढाथोकी, वेस्ट स्पाईकर होराईजनका राहुल चौधरी र वेस्ट कोच न्यु होराईजनकै उदय बम मल्ल घोषित भए ।

उत्कृष्ट सबैले जनही दुई हजार,मेडल तथा प्रमाणपत्र हात पारे । पाँच दिन सम्म संचालन भएको प्रतियोगितामा लुम्बिनी प्रदेशका दाङ, बाके, रुपन्देही, सल्यान र पश्चिम रुकुम जिल्ला कलेज गरि २० टिमको सहभागिता रहेको थियो ।

यसैबिच प्रतियोगिताको समापन समारोह आयोजक राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसीपुरका अध्यक्ष कमल खत्रीको अध्यक्षता तथा नेपाली काग्रेस तुलसीपुर नगर कमिटिका सभापती सुरेश हमालको प्रमुख आतिथ्य एवं तुलसीपुर उपमहानगरपालिका वडा न १० का अध्यक्ष यम बहादुर केसि र लुम्बिनी प्रदेश भलिबल संघका अध्यक्ष देवेन्द्र सिह बैरागिको विशिष्ट आतिथ्यमा भएको थियो ।

सो अबसरमा प्रतियोगितालाई भब्य एवं सभ्य बनाउन महत्त्वपूर्ण सहयोग पुर्याउने संघ सस्था,ब्यक्ती, तथा राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ मा एथलेटिक्स तर्फ राष्ट्रिय कृतिमान कायम गर्न सफल निशा चौधिरी, सहभागी बब्लु वली, भलिबल तर्फ खेलाडी मोनिका विष्ट,सीता वली र रुपा थापा त्यस्तै बिजेता, उपबिजेता टिम तथा खेलाडी, कार्यक्रमका प्रमुख अतिथी, विशिष्ट अतिथिले पुरस्कार तथा कप,मेडल प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array