एसईईको पुरक परीक्षा भदौ ११ र १२ गते

माण्डवी न्युज
माण्डवी न्युज १५ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धिका परीक्षा लागि तालिका सार्वजनिक गरेको छ।

राष्ट्रिय परीक्षा बोर्डले एसईईमा सी वा सी भन्दा कम प्राप्त गरेका विषयहरुमध्ये आफूले चाहेको बढीमा दुई विषयसम्म ग्रेडवृद्धि(पुरक) परीक्षामा सहभागी हुन पाउने जनाएको छ। तर त्यो भन्दा माथिल्लो जीपीए ल्याउने विद्यार्थी पनि विषयगत रूपमा प्राप्त ग्रेडमा चित्त नबुझेमा ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन्।

त्यसका लागि भदौको ११ र १२ गते परीक्षा सञ्चालन गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। तर परीक्षाफल रद्द भएका परीक्षार्थीले भने उक्त ग्रेडवृद्धिमा सहभागी हुन पाउने छैनन्।

एसईईमा १ दशमलव ६ जीपीए ल्याउनेले कक्षा ११ मा भर्ना हुन पाउने छन्। कक्षा ११ मा भौतिकविज्ञान, रसायनविज्ञान, जीवविज्ञान र गणित विषय अध्ययन गर्न चाहनेले भने एसईईमा यी चारवटा विषयमा कम्तीमा ‘सी प्लस ग्रेड’ हासिल गरी समग्र नतिजामा न्यूनतम १ दशमलव ६ जीपीए प्राप्त गरेको हुनुपर्नेछ।

भौतिकविज्ञान, रसायनविज्ञान, जीवविज्ञान र गणित विषयबाहेकका अन्य विषय पढ्न चाहनेले एसईईमा न्यूनतम १ दशमलव ६ जीपीए हासिल गरेको हुनुपर्ने तर विषयगत ग्रेडको कुनै बन्धन नभएको बोर्डले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

Array