बलात्कार प्रयास आराेपमा असई निलम्बित

माण्डवी न्युज
माण्डवी न्युज १५ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

दाङ – बलात्कार प्रयास आराेपमा प्रहरी सहायक निरीक्षक (असई) प्रवीण चौलागाईलाई निलम्बन गरिएको छ। बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले असई चौलागाईलाई निलम्बन गरिएको जानकारी दिए। चौलागाईविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता गरिएको छ।

इलाका प्रहरी कार्यालय, कोहलपुरमा मुद्दा फाँटमा कार्यरत असई चौलागाईले बहुविवाह मुद्दामा हिरासतमा रहेकी महिलालाई राति २ बजे आफ्नो कोठामा बोलाएर बलात्कार प्रयास गरेका थिए।

‘सोधपुछ’ गर्ने बहाना बनाएर असई चौलागाईले ती महिलालाई कोठामा बोलाएका थिए। कोठामा बोलाएपछि असई चौलागाईले बलात्कारको प्रयास गरेका थिए। त्यही समयमा गस्तीमा गएको गाडी फर्किएर आएपछि ‘पोल खुल्ने’ डरले चौलागाईले महिलालाई छाडेका थिए।

बाँके प्रहरीले असई चौलागाईले हिरासतमा राखेर मुद्दा प्रक्रिया अघि बढाएको छ। साउन ११ गते बहुविवाह मुद्दामा प्रहरी हिरासतमा आइपुगेकी महिलालाई असई चौलागाईले गलत नियतले राति २ बजे कोठामा बोलाएका थिए। महिलालाई आधारात असईले कोठामा बोलाएपछि हिरासतमा रहेका थुनुवाले होहल्ला गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

Array