गायक रिजालले लिएर आए तीजमा ‘बम्बैको साडी’

माण्डवी न्युज
माण्डवी न्युज १६ श्रावण २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौं – कलाकारहरुको उदगमस्थल भनेर चिनिने स्याङ्जाका चर्चित कलाकार घनश्याम रिजाल, रामजी खाँड र शिव हमालको पहिलो संयुक्त सहकार्यको रुपमा “बम्बैको साडी” तीज गीत बजारमा आएको छ। हिन्दु नेपालीहरुको महान् चाड तीजको आगमनको बेलामा उनीहरुले यो गीत दर्शक श्रोताहरुसामु प्रस्तुत गरेका हुन् ।

घनश्याम रिजाल र देवी घर्तिको आवाजमा “बम्बैको साडी” बोलको नयाँ तीज गीत बजारमा आएको हो। गीतको शब्द घनश्याम रिजाल तथा लय शिव हमालको रहेको छ। भिडियोमा रामजी खाँण र टिकटकमा भाइरल बनेकी अस्मिता रनपालको दमदार अभिनय रहेको देख्न सकिन्छ। होम गुरुङको निर्देशनमा रहेको भिडियोलाई छांयाङ्कन गणेश सापोकोटा र सम्पादन सुबास अ्म्गाइले गरेका छन्।

यो नाच्न मिल्ने खालको तीजको गीतका रुपमा आएको छ । सुरुमै धेरै श्रोता दर्शकले गीत मन पराएको गायक घनश्याम रिजालले नेपालबहसलाई बताए । गायक रिजालले यसअघि पनि ‘घर शुन्य भो’, ‘बाख्रा पालम्ला’ जस्ता सन्देशमूलक गीतका साथै ‘सरसर डालीमा बसेको चरी’ ‘अमिलो रसैले’ जस्ता रसिक गीतहरुमार्फत् आफ्नो लोकप्रियता प्रस्तुत गरिसकेका छन् ।

नेपाली चेलीहरुमा बम्बैको सारी र बनारसको सारीप्रतिको क्रेज परम्परादेखि नै कथन बनिसकेकाले बम्बैको साडीलाई गीतमा महत्व दिइएको गायक रिजालले बताए । ‘कि त बम्बैको कि त वनारसको सारी चेलीलाई उपहार दिने नेपाली प्रचलनलाई गीतले उजागर गरेको छ ।’ रिजालले भने । भिडियो रामजी खाँणको अफिसियल युटुव च्यानलबाट बजारमा आएको हो।

पुरा भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

Array