समूहिक हत्या प्रकरण: चारै जनाको शव पोस्टमार्टमका लागि पठाइयो

माण्डवी न्युज
माण्डवी न्युज १६ श्रावण २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली पदमसालमा मृत भेटिएका एकै परिवारका चार जनाको शव पोस्टमार्टमका लागि पठाइएको छ।

शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ । शिक्षण अस्पताल महाराजगञ्जको फरेन्सिक टोली तथा प्रहरीले घटनास्थलमा आवश्यक अनुसन्धान सकेर शव उठाएको हो ।

यसअघि मृतक सुनिताका माइती पक्षले भने पारिवारिक झगडाका कारण हत्या भएको भन्दै शव उठाउन लिएका थिएनन्। प्रहरीका अनुसार घटनास्थलमा मृतकका आफन्त र स्थानीयले नाराबाजी गरेका थिए।

काठमाण्डौ जिल्ला तार्केश्वर नगरपालिका वडा नं.२ पदमसालस्थित एउटा एकतले घरमा सोमबार बिहान एकै परिवारका चारजना मृत फेला परेका हुन्।

काठमाडौँ महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपि दिनेशराज मैनालीका दिनेश पाण्डे, उनकी श्रीमती सुनिता काप्री पाण्डे, ११ वर्षका छोरा आशिक र छोरी आशिका मृत भेटिएका हुन्।

प्रतिक्रिया दिनुहोस्

Array