करेन्ट लागेर दाङमा दुई जनाको मृत्यु

माण्डवी न्युज
माण्डवी न्युज १६ श्रावण २०७९, सोमबार
1 Min Read
Aa

दाङ – करेन्ट लागेर दाङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नम्बर २ बाहुनेपाटा निवासी २८ वर्षीय बासु गाहा मगर र उनकी २५ वर्षिय श्रीमती हिमा गाहा मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

उनीहरुको सोमबार दिउँसो करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको प्रवक्ता रिजालले बताए ।

त्यस्तै बासु गाहा मगरकी भाउजु २७ वर्षीया भिमा गाहा मगर घाइते भएकी छन् । घाइतेको प्रस्तावित भालुवाङ अस्पतालमा उपचार पछि डिस्चार्ज भएको प्रहरी प्रवक्ता रिजालले जानकारी दिएका छन् । घर भित्र भाउजुले कपडा सुकाउने क्रममा करेन्टको झड्काले फाले पछि के भएको हो भनी देउरानी हिमाले विद्युतको तार छुदा करेन्ट लागेको थियो ।

करेन्ट लागेकी श्रीमतीलाई बचाउन श्रीमान् बासुले काचो लठ्ठीले तारलाई हिर्काउदा तार चुडिएर उनको शरिरमा परेपछि करेन्ट लाग्दा दुवै जनाको घटना स्थलमा मृत्यु हुन पुगेको राप्ती गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चौधरीले जानकारी दिएका छन् ।

मृतक बासु र हिमाको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array