पहिरोले पुरिँदा दुई जनाको मृत्यु, दुई बेपत्ता

माण्डवी न्युज
माण्डवी न्युज १७ श्रावण २०७९, मंगलवार
1 Min Read
Aa

काठमाण्डौ – अविरल बर्षाका कारण गएराती आएको पहिरोमा परी म्याग्दीको मालिका गाउँपालिका-२ रुम गाउँमा तीनवटा घर पुरिँदा दुई जनाको मृत्यु भएको छ।

घरमाथिको पाखोबाट आएको पहिरोले स्थानीय घामबहादुर विकको घर पुरिँदा १३ वर्षका छोरा राजन विक र १५ वर्षको नविन विकको मृत्यु भएको छ भने दुई जना अझै बेपत्ता रहेका छन्।

प्रहरी नायब उपरीक्षक तिलक भारतीले सञ्चारकर्मीलाई दिएको जानकारी अनुसार सो पहिरोमा परेर घामबहादुर विक, उनको श्रीमती र सात वर्षीया छोरी बेपत्ता अझै रहेको र स्थानीयाबसीले उनीहरुको खोजी जारी राखेका छन्।

प्रहरीका अनुसार स्थानीयबासीहरुले पुरिएको घरबाट दुईजनाको शव निकालेको र बेपत्ता भएकाहरुको खोजी गरिरहेको जानकारी दिए लगत्तै इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरीको टोली घटनास्थलतर्फ हिँडिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

Array