ब्राउनसुगरसहित दुई जना पक्राउ

माण्डवी न्युज
माण्डवी न्युज १७ श्रावण २०७९, मंगलवार
0 Min Read
Aa

दाङ – नेपालगञ्ज नाकामा ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन्। कोहलपुर नगरपालिकाका दिपेश सुनाम परियार र नारायण बुढथापा ८ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका हुन्।

भारतबाट भे ३ प २७६२ नम्बरको मोटरसाइकलमा आएका उनीहरुले मोटरसाइकलमा लुकाएर ब्राउनसुगर ल्याएका थिए। नेपालगञ्ज नाकामा रहेको लागुऔषध नियन्त्रण ब्यूरो र जमुनाहा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्

Array