पहिरो खसेपछि घोराही-होलेरी सडक अबरुद्ध

माण्डवी न्युज
माण्डवी न्युज १८ श्रावण २०७९, बुधबार
1 Min Read
Aa

दाङ – वर्षाका कारण घोराही-होलेरी सडक खण्ड अवरुद्ध भएको छ । गएरातीदेखि लगातारको वर्षातका कारण सडकमा पहिरो खसेपछि घोराही-होलेरी सडक अबरुद्ध बनेको हो ।

वर्षातका कारण सहिदमार्ग अन्तर्गत घोराही उपमहानगरपालिका–१९ अन्तर्गत पर्ने दुईखोलीमा पहिरो खसेपछि आवागमन पूर्णरुपमा रोकिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

अवरुद्ध सडक खुलाउन जेसिबीले माटो र ढुङगा पन्छाउने काम गरिरहेको प्रहरीले जनाएको छ । अहिले आधा माटो र ढुङगाहरु पन्छाई सकेकाले अबको एक डेढ घण्टामा बाटो हुल्ने प्रहरीले बताएको छ ।

वर्षातले पहिरो खसेपछि बिहान ५ बजेदेखि सडक अवरुद्ध भएको हो । ठुला–ठुला ढुंगा खसेका कारण सडक खुल्न केहि समय लाग्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array