प्रहरीकै संलग्नतामा चिनियाँ नागरिकको अपहरण

माण्डवी न्युज
माण्डवी न्युज १९ श्रावण २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं – चिनियाँ नागरिक र्याङ र्याङ बुधबार साँझ साढे ७ बजेतिर लाजिम्पाटस्थित फ्याल्टमा बसिरहेका थिए । ७ जनाको समूह एक्कासी कोठाभित्र प्रवेश गरेपछि उनी झस्किए ।

यसरी कोठामा छिर्नेमध्ये एकजना पूर्वपरिचित दोभासे ओखलढुंगाका २६ वर्षीय सूर्यबहादुर राई थिए । उनी र्याङका निजी दोभासेका रुपमा काम गरेका व्यक्ति थिए ।

‘कोठा छिर्ने बित्तिकै उनलाई हत्कडी लगाइदिएछन्,’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘त्यसपछि कोठामा खोजी गरेर ९ लाख रुपैयाँ र २७ वटा मोबाइल पनि लिएर हिँडेछन् ।

’ र्याङले भने चिनियाँ भाषामा को हुन् भन्दै प्रश्न गर्न थाले । तर उनीहरुले केही जवाफ नदिई खनतलासी लिइरहे । पछि दोभासेले आफूलाई पनि नियन्त्रणमा लिएर उनीहरुले त्यहाँसम्म लगेको बताए ।

काठमाडौं प्रहरीका अनुसार नगद र मोबाइल लगेपछि पनि उनीहरुले चिनियाँ नागरिकलाई छाडेनन् । सँगै लिएर तल उतारेर भाडामा लिइएको एक ट्याक्सीमा हाले र मित्रनगरस्थित न्यू स्वर्गद्वारी प्यूठान होटलमा पुर्याए ।

‘चिनियाँलाई लिएर निस्किँदा केही ट्याक्सीमा बसेका थिए, केहीले मोटरसाइकलमा पछ्याइरहेका थिए’ काठमाडौं प्रहरीका एक अधिकृत भन्छन्, ‘होटलमा लगेपछि उनीहरुले फेरि बार्गेनिङ थालेका थिए ।’

उनीहरुले एक करोड रुपैयाँ फिरौती मागेका थिए । काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहोराका अनुसार घटनामा संलग्न ६ जना पक्राउ परेका छन् । तीमध्ये दुईजना प्रहरी अधिकारी हुन् ।

प्रतिक्रिया दिनुहोस्

Array