सिके राउत जसपाका अध्यक्ष उपेन्द्र यादवविरुद्ध चुनाव लड्ने

माण्डवी न्युज
माण्डवी न्युज २० श्रावण २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाण्डौ – जनमत पार्टीका अध्यक्ष डा. सिके राउत जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवविरुद्ध चुनाव लड्ने भएका छन् ।

अघिल्लो निर्वाचनमा अध्यक्ष यादव निर्वाचित भएको सप्तरी क्षेत्र नबर २ बाट प्रतिनिधि सभा सदस्यमा लड्ने राउतले घोषणा गरेका हुन् । अध्यक्ष यादव यसपटक पनि यही क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन् ।

डा. राउतले बिहीबार जनकपुरधाममा बसेको बैठकमा आफूलाई सप्तरी-२ बाट चुनावमा उभ्याउनेबारे छलफल भएको बताए । ‘त्यो छलफल अनुसार त्यहीं क्षेत्रबाट म चुनाव लड्नेछु’ डा. राउतले भने ।

सरकारले ४ मंसिरमा प्रतिनिधि र प्रदेश सभाको निर्वाचन घोषणा गरिसकेको छ । निर्वाचन घोषणापछि नेताहरू उम्मेदवारी घोषणा गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array