नेपाल समाजवादी पार्टीको बैठक आज बस्दै

माण्डवी न्युज
माण्डवी न्युज २१ श्रावण २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं – जसपाबाट अलग भएका नेता बाबुराम भट्टराईको अगुवाइमा गठन भएको नेपाल समाजवादी पार्टीको बैठक आज (शनिबार) बस्दै छ । काठमाडौंमा हुने बैठकमा विविध एजेन्डामाथि छलफल हुने पार्टीका नेता विश्वदीप पाण्डेले जानकारी दिए।

पाण्डेका अनुसार बैठकमा संगठन निर्माणका सम्बन्धमा छलफल हुनेछ। केन्द्रीय समिति पुनर्गठन, कार्यकारिणी समिति र पदाधिकारीको निर्णय, नेता तथा कार्यकर्ताहरूको कार्य विभाजन सम्बन्धी निर्णय हुने पाण्डेको भनाइ छ। बैठकमा प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनबारे पनि छलफल हुने छ। साथै, चुनावी रणनीतिबारे आवश्यक निर्णय हुने पाण्डेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

Array