थप ५५३ जनामा कोरोना संक्रमण

माण्डवी न्युज
माण्डवी न्युज २२ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं – पछिल्लो २४ घण्टामा ५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७८९ परीक्षणमा ५५३ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये २ हजार ४० जनाको पीसीआर परीक्षणमा ४५१ र १ हजार ७४९ जनाको एन्टिजेन परीक्षणमा १०२ जना गरी ५५३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ६५९ पुगेको छ । पछिल्लो २४ घण्टामा ४३३ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार ५ हजार ५०७ जना होम आइसोलेसनमा रहेका छन् भने १५२ जना संस्थागत आइसोलेसन र ४५ जना आईसीयूमा छन् ।

यस्तै ३ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३४ हजार ७३८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array