माओवादी प्रदेश कमिटिको बैठक लमहीमा

माण्डवी न्युज
माण्डवी न्युज २२ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

दिवाकर पोख्रेल
दाङ – नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटिको तेसो पुर्ण बैठक दाङको लमहीमा हुने भएको छ । सोमबार हुने बैठकमा प्रदेश कमिटिका सदस्य सहित झन्डै पाँचसय बढी सहभागि हुनेछन । बैठक महत्वपुर्ण विषयमा छलफल गरी निर्णयमा पुगिने नेकपा माओवादी केन्द्र प्रदेश कमिटिका सचिव कृष्ण अधिकारी प्रकाशले जानकारी दिए।

बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको समिक्षा, र आगामी मंंसिर ४ गते हुने संघिय निर्वाचनको विषयमा बैठक केन्द्रित हुनेछ । बैठकमा अतिथिको रुपमा नेकपा माओवादी केन्द्रका केन्द्रिय उपाध्यक्ष पूर्वसभामुख, पूर्व मन्त्री कृष्णवहादुुर महरा, पूर्व अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका प्रभावसाली नेता बर्षामान पुनको सहभागिता रहनेछ ।

बैठकको व्यवस्थापनको तयारी पूरा भएको बताइएको छ । बैठक लमहीको सत्यसाही हल लमहीमा हुनेछ । बैठकले समय लिएर मसिनो छलफल गर्ने बताइएको छ । बैठकमा सहभागि हुने माओवादी केन्द्रका नेता कार्यकर्ता लमही आउन शुरु गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

Array