सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदल संयोजकमा कृष्ण सिटौला

माण्डवी न्युज
माण्डवी न्युज २३ श्रावण २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौं – सत्तारुढ गठबन्धनमा रहेका दलहरुले चुनावी तालमेलको खाका बनाउन गठन गरेको कार्यदलको संयोजकमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला चयन भएका छन् ।

सोमबार बसेको कार्यदलको बैठकले कांग्रेसका पूर्वमहामन्त्री सिटौलालाई संयोजक चयन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

कार्यदलले सिट बाँडफाँटको खाका बनाएर सत्ता गठबन्धनको शीर्ष नेताहरुलाई बुझाउने उनले बताए । गठबन्धनको अर्को बैठक साउन २६ गते दिउँसो ४ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

Array