प्रेम सम्बन्धले निम्त्याएको घटना

माण्डवी न्युज
माण्डवी न्युज २५ श्रावण २०७९, बुधबार
3 Min Read
Aa

दाङ – राजपुर गाउँपालिका वडा नम्बर ३ खरदरियाका १९ वर्षिय मन्साराम यादव कुटपिटबाट गम्भीर घाइते भएका छन । टाउको, हातखुट्टा, नाक र मुखमा गहिरो चोट लागेको छ । मन्साराम यादव जनज्योती माध्यामिक विद्यालय बेला कक्षा १२ मा अध्ययनरत छात्र हुन ।

उनको सोही कक्षामा अध्ययनरत एक जना यादव समुदायकी केटी साथिसंग करिब एक महिना अघि प्रेम सम्बन्ध बस्न पुग्यो । त्यही प्रेम सम्बन्धले मन्सारामलाई यतिबेला जीवन मरणको दोसाधमा पुर्याएको छ ।

उनिहरुको प्रेम सम्बन्ध दोहोरो नै थियो । केटीका बाबू पाटेश्वर यादव पनि सोही विद्यालयका शिक्षक हुन । दुबै जना पाटेश्वरले पढाउने विद्यार्थी हुन । उनी दुबै विच प्रेम सम्बन्ध रहेको केटीका बाबुले थाह पाएपछी प्रहरीका अनुशार घर सल्लाह गरेर योजना बनाएका रहेछन ।

यहि साउन २० गते छोरीलाई विभिन्न डर धम्की देखाएर मन्सारामलाई बोलाउन लगाएका थिए । केटीले गाउँमा नाच छ हेर्न जाम्ला, बेला चोकमा आउ भनेर राती करिब १० बजे बोकाएकी रहिछन । मन्साराम पनि तीन जना साथिहरु साथमा लिएर बेला चोक पुगे ।

त्यहाँ पुग्ना साथ उनलाई केटीका आफन्तले घेरा हालेर नियन्त्रणमा लिए । बेला चोक बाट धिर बहादुर यादवको घरमा लगे, गाली गलौच गर्दै कुटपिट शुरु गरेको अनुशन्धानमा देखिएको प्रहरी बताउँछ ।

मन्सारामलाई कुटपिट गरेको आरोपमा प्रहरीले केटीका बाबू पाटेश्वर यादव र उनका दाजु धिर बहादुर यादवलाई घटना घटेको दुई दिन पछि पक्राउ गरेको हो । अझै तीन जना फरार रहेका छन । कुटपिटबाट मन्साराम गम्भीर घाइते भएका छन ।

इटा, ढुंगा, चिर्पट, भाटा, लाठीले अन्धाधुन्ध प्रहार गरेको पिडित मन्सारामले प्रहरी सामु बयान दिएका छन । रातभरी कुटेर घरमै राखे । त्यस पछि कुटपिट गर्ने मध्यका धिर बहादुर यादवले राजपुर गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्षलाई बोलाएर लैजान आग्रह गरे तर युवकको अवस्था नाजुक भएकोले वडाध्यक्ष्ले केटाको अवस्था नाजुक भएकोले लैजान इन्कार गरेका थिए ।

चोरी गर्न आएकोले कुटपिट गर्दै नियन्त्रणमा लिएर राखेको भन्दै उनिहरुले प्रहरी चौकी बेलामा फोन गरेका थिए । घटना घटेको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक रन्जु केसी नेतृत्वको टोली त्यहाँ पुगेर गम्भीर घाइतेको उद्दार गरि अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश प्रसाद काफ्लेले जानकारी दिए ।

उनको वैस्टर्न हस्पिटल नेपालगन्जमा उपचार भैरहेको छ । प्रहरीले अचेत अवस्थामा रहेका मन्सारामलाई उपचारका लागि घोराही पठाएको थियो । कुटपिटमा सम्लग्न दुई जना हाम्रो नियन्त्रणमा छन, अन्यको खोजिकार्य भैरहेको छ उनिहरु पनि छिट्टै पक्राउ हुन्छन”- प्रहरी प्रमुख काफ्लेले भने । नक्कली चोर बनाएर कुटपिट मन्सारामलाई केटीका आफन्तले नक्कली चोर बनाएको कागज समेत प्रहरीले बरामद गरेको छ ।

कागजमा केटीका आफन्तले ती केटालाई “म चोरी गर्न आएको थिए, चोरी गर्दा गर्दै घरधनीले फेला पारी सामान्य कुटपिट गरेको र प्रहरीमा उजुर गर्ने छैन, यदि गरेको खण्डमा यहि कागजका आधार उजुरी फिर्ता लिइने छ”- भन्ने लिखित कागज गरेका थिए । उक्त कागजमा केटालाई जवर्जस्ती सहिछाप गर्न लगाएको पिडितले प्रहरी सामु बयान दिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array