नेपाल भारत व्यापार संगठनविच छलफल

माण्डवी न्युज
माण्डवी न्युज २५ श्रावण २०७९, बुधबार
2 Min Read
Aa

दाङ – जिल्ला उद्योग बाणिज्य संघले कोइलावास नाकालाई लिएर भारतमा छलफल गरेको छ । दाङ जिल्ला उद्योग बाणिज्य संघ र भारतको तुलसीपुर व्यापार मण्डलको विचमा कोइलावास नाका सञ्चालन गर्न भारतको तुलसीपुरमा मंगलबार छलफल भएको हो ।

दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीको नेतृत्वमा रहेको टोलीले भारत तुलसीपुर व्यापार मण्डलका अध्यक्ष राम जी आर्य, उपाध्यक्ष रुपचन्द्र गुप्ता लगायतको टोलीसंग छलफल गरेको थियो ।

छलफलमा कोइलावास नाका भएर सामाग्री भित्र्याउन व्यवसायीहरु तयार भएको र त्यसका लागी भन्सार कार्यालयको स्तरबृद्धि गर्न माग राखिएको छ ।‘दुई देशका व्यवसायीको विचमा छलफल ग¥यौं ।

कोइलावास नाकालाई व्यापारिक प्रयोजनका लागी सदुपयोग गर्न हामी व्यवसायी तयार छौं’दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले भने–‘भारत र नेपाल पक्षका दुवै भन्सार कार्यालयको स्तरबृद्धि गरेर अनलाईन विलिङ्गको सिस्टम लागु गर्नुपर्ने देखिएको छ ।

जसका लागी दुवै देशका व्यापार संगठनले सरकार संग पहल गर्ने सहमती भएको छ ।’ भारतबाट सामान आयात गर्दा र नेपालबाट भारत सामान निर्यात गर्दा भारतीय भन्सार कार्यालयले जाँच गर्ने, राजश्व संकलन गरेपछी अनुमती प्राप्त हुन्थ्यो ।

भन्सार कार्यालय भएपनि सञ्चालनमा नहुदा कर्मचारी थिएनन् । केही हप्ता देखी भारत सरकारले कोइलावास देखी ८ किलोमिटर पर भन्सार कार्यालय(कस्टम) सुचारु गरेको छ ।

जहाँ कर्मचारीले दैनिक कामकाज गर्दै आएका छन् ।‘पहिला काम थिएन । कर्मचारी बस्ने कुरा भएन । अव काम सुरु हुने आशामा हामी बसेका छौं’भारतीय कस्टम कार्यालयका इन्सपेक्टर आरके यादवले भने–‘यो नाका भएर जती धेरै मुल्यको सामान नेपाल लैजान सकिन्छ । कागजपत्र पुगेका खण्डमा हामीले अनुमती दिन्छौं ।’

प्रतिक्रिया दिनुहोस्

Array