दाङमा ९ हजार २ सय २२ नयाँ मतदाता थपिए

माण्डवी न्युज
माण्डवी न्युज २६ श्रावण २०७९, बिहीबार
1 Min Read
Aa

दाङ– दाङमा ९ हजार २ सय २२ नयाँ मतदाता थपिएका छन । आगामी मङ्सिर ४ गतेहुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले सुरुवात गरेको मतदाता नामावली सङ्कलनको क्रममा जिल्लामा ती नयाँ मतदाता थपिएका हुन् ।

स्थानीय तहको निर्वाचनमा मतदाता नामावली बनाउन छुटेका मानिसहरुले पायक पर्ने कार्यालयमा गएर बनाएको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए ।

दाङको पश्चिमी क्षेत्रका मतदाताले इलाका प्रशासन कार्यालय तुलसीपुर, घोराही क्षेत्रकाले जिल्ला प्रशासन कार्यालय घोराही र प्रदेश निर्वाचन कार्यालय घोराही तथा दाङ देउखुरी क्षेत्रका मतदाताले इलाका प्रशासन कार्यालय लमहीमा पुगेर मतदाता नामावली बनाएको सुचना अधिकारी कुँवरले बताए ।

प्रतिक्रिया दिनुहोस्

Array