प्युठानमा जीप दुर्घट्ना, १४ जना घाईते

माण्डवी न्युज
माण्डवी न्युज २९ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

दाङ – प्युठानमा जीप दुर्घटनामा परेको छ । बागदुलाबाट डाम्री तर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा १४ जना यात्रु घाईते भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । घाईतेमध्ये ३ जनाको अबस्था गंभीर रहेको स्थानीयले जानकारी दिएका छन् ।

लु१ज १५४५ नम्बरको जीप प्युठानको नौबहिनि गाउँपालिका वडा नम्वर ४ बहाने नजिक खहरे खोलामा दुर्घटनामा परेको हो । दुर्घटनामा घाईते भएका सबैलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार ल्याईदै गरेको प्रहरीले जानकारी दिएको हो। दुर्घटनाको पूरा विबरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

Array