प्युठान जीप दुर्घटना अपडेट – मृत्यु हुनेको संख्या तीन पुग्यो

माण्डवी न्युज
माण्डवी न्युज २९ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

दाङ – प्युठानमा भएको जीप दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । नौबहिनी ५ डामृका जीपका चालक २५ बर्षिय लुकेश थापाको उपचारको क्रममा मृत्यु भएपछी ज्यान गुमाउनेको संख्या तीन पुगेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरिक्षक सत्य नारायण थापाले जानकारी दिए ।

प्युठानको बाग्दुलाबाट डामृ तर्फ जाँदै गरेको लु १ ज १५४५ नंवरको जीप दुर्घटना हुँदा नौबहिनी ५ डामृका रेमसरा बुढा मगरकी २५ दिने शिशु चेतना बुढा, उनकी दिदी ४ बर्षिया करुणा बुढा मगर र सोही ठाउँ निबासी जिप चालक समेत रहेका २५ बर्षिय लुकेश थापाको उपचारको क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा १५ जना घाईते भएका छन। घाईतेको बिजुवार अस्पतालमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ। जीप अनियन्त्रीत भई सडकदेखि करिब ४० मिटर तल खसेर दुर्घटनामा परेको हो।

प्रतिक्रिया दिनुहोस्

Array