जिल्ला न्यायाधीशमा २१ जनाको नाम सिफारिस

माण्डवी न्युज
माण्डवी न्युज ३१ श्रावण २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं – न्याय परिषदले २१ जना जिल्ला न्यायाधीश पदमा नियुक्ति सिफारिस गरेको छ । मंगलबार बसेको परिषदको बैठकले जिल्ला न्यायाधीश पदमा आवेदन दिएका ६३ जना मध्येबाट २१ जनाको नाम सिफारिस गरेको हो ।

यसअघि २७ असारमा न्याय परिषदले २१ न्यायाधीश पदका लागि आवेदन दिन आह्वान गरेका थिए । जसमा ६३ जनाले आवेदन दिएका थिए । १० साउनमा आवेदन दिएकाहरुउपर परिषदले उजुरी आह्वान गरेको थियो ।

जिल्ला न्यायाधीशमा सिफारिस हुनेहरुको नामावली हेर्नुहोस्

१. टेकबहादुर कार्की,
२. प्रकाश कोइराला

३. ध्रुवकुमार ढकाल
४. विकास श्रेष्ठ,
५. नवराज दुलाल
६. जगन्नाथ पौडेल,
७. विष्णुप्रसाद रेग्मी
८. पुरुषोत्तम नेपाल
९. राजेश्वर अर्याल
१०. महेन्द्रबहादुर थापा क्षेत्री
११. भीमबहादुर निरौला
१२. रामानान्दप्रसाद अधिकारी,
१३. मोहन सुवेदी
१४. सुरेशराज खनाल
१५. निर्मला सुवेदी
१६. हर्कबहादुर क्षेत्री
१७. पूर्णिमा कोइराला
१८. तारादेवी महर्जन
१९. डल्लुराम चौधरी
२०. ताराकुमारी शर्मा
२१. भगवती शर्मा ढुंगाना

प्रतिक्रिया दिनुहोस्

Array