एकपटक सेक्स गरेको १२ लाख ! युवती प्रयोग गरेर धन्दा चलाउने पाँचजना पक्राउ

माण्डवी न्युज
माण्डवी न्युज १ भाद्र २०७९, बुधबार
2 Min Read
Aa

दाङ – ´हनि ट्रयाप`को घटनामा संलग्न भएको आरोपमा प्रहरी पाँच जनालाई पक्राउ गरेको छ । घोराहीका एक व्यापारीलाई हनिट्रयापमा पारेको आरोपमा दाङका विभिन्न स्थानबाट एक युवक र चारजना युवतीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

प्रहरी स्रोतका अनुसार घोराही १० नारायणपुरको एउटा गिरोहले एकजना व्यापारीसँग प्रेमको नाटकगरी शारीरिक सम्बन्ध राखेर पछि बलात्कारको मुद्दा हाल्ने भन्दै रकम असुलेको थियो । सोहि अभियोगमा दिलिपकुमार वली, शर्मिला नेपाली, शान्ता नेपाली, पार्वता डाँगी रदेवा डाँगी पक्राउ परेका छन् । उनीहरूलाई अपराधिक लाभको कसुरमा म्याद थपगरी प्रहरीले अनुसन्धान थालेको छ । पक्राउ परेका पाँचै जना घोराही १० नारायणपुरका स्थायी बासिन्दा हुन् ।

स्रोतका अनुसार सोही घटनामा संलग्न भएका अजय बुढाथोकी भने फरारछन् । प्रहरीले उनको खोजीका लागि सादा पोशाकमा प्रहरी परिचालन गरेको छ । उक्त समुहले साउन २७ गते एकजना व्यापारीसँग शारीरिक सम्बन्ध राखे बापत १ लाख रूपैयाँ नगद लगेको र सोहि दिन दिउँसो थप रकम नदिए बलात्कारको मुद्दा हाल्ने भन्दै धम्की दिएपछी ती व्यापारीले ११ लाखको चेक त्यो गिरोहलाई दिएका थिए । हनि ट्रयापको गिरोहलाई चेक दिएपछी विक्षिप्त भएका तीव्यापारी सोही दिन जिप्रका पुगेका थिए ।

उनको उजुरीपछी दाङ प्रहरी प्रमुख सुरेस काफ्लेले उक्त गिरोह पक्राउ गर्न प्रहरी परिचालन गरेका थिए । काफ्ले अपराध न्यूनीकरणमा अब्बल प्रहरी अधिकारीका रूपमा परिचित छन् । जिप्रकाले बिहिबार दिउँसो १ बजे पत्रकार सम्मेलन गरी विस्तृत बिबरण सार्वजनिक गर्दैछ । प्रदेश अनलाइनबाट

प्रतिक्रिया दिनुहोस्

Array