माओवादीको स्थायी समिति बैठक बस्दै, पदाधिकारी टुंग्याउने तयारी

माण्डवी न्युज
माण्डवी न्युज २ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ। बैठक आज बिहीबार बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेगरि बोलाइएको छ।

बैठकले केन्द्रीय समिति, स्थायी समिति, पोलिटब्यूरो र पदाधिकारीको टुंगो लगाउने छ। यसअघि बुधबार बसेको बैठकमा सांगठनिक विषयमा छलफल भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

केन्द्रीय समिति, पोलिटब्युरो र स्थायी समितिमा थप्नुपर्ने नेताहरूको विषयमा पनि छलफल भएको थियो।

उनका अनुसार करिबकरिब नेताहरूको व्यवस्थापनको विषय टुंगोमा पुगिसकेको छ। माओवादीमा महासचिवका लागि वर्षमान पुन र जनार्दन शर्माको दाबी छ। यी दुई नेतामध्ये कोही पनि पछि नहटे तेस्रो व्यक्तिलाई महासचिव बनाउने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को तयारी छ।

प्रतिक्रिया दिनुहोस्

Array