पत्रकार बस्नेतका यादहरु सार्वजनिक (भिडियोसहित)

माण्डवी न्युज
माण्डवी न्युज ४ भाद्र २०७९, शनिबार
1 Min Read
Aa

दाङ – पत्रकार टीका बस्नेतले आफ्ना यादहरु सार्वजनिक गरेका छन् । दाङको घोराहीमा रहेर डेढ दशकदेखि पत्रकारिता कर्ममा रमाइरहेका बस्नेतले आज ‘तिम्रा यादहरुले’ गीत सार्वजनिक गरेका हुन् ।

बुढा सुब्बा डिजिटलबाट सार्वजनिक बस्नेतको गीतमा राप्तीकी चेली करुणा ओलीले स्वर दिएकी छन् । मेचीकाली अनलाइनका प्रधान सम्पादक बस्नेतको शब्द रचना रहेको गीतमा गायक एवं संगीतकार विपिन घिमिरेको संगीत रहेको छ ।

फिल रेकर्डिङ स्टुडियोमा तयार पारिएको गीतको संगीत संयोजन विनोद भुजेलको, देवराज आचार्यले निर्देशन गरेको गीतको छायांकन उद्दव ओलीले गरेका छन्, भने दृश्य सम्पादन हिम्मत सिंहले गरेका छन्।

काठमाडौँका विभिन्न स्थानमा छायांकन गरिएको गीतमा कलाकार देवराज आचार्य, कल्पना र मिनाक्षीले मोडलिङ गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array