आवागमन अवरोध गर्न खोज्ने आठ जना बन्दकर्ता प्रहरी नियन्त्रणमा

माण्डवी न्युज
माण्डवी न्युज ७ भाद्र २०७९, मंगलवार
2 Min Read
Aa

दाङ – सडकमा ढुङ्गा मुढा राखेर आवागमन अवरोध गर्न खोजेको भन्दै प्रहरीले दाङमा आठ जना बन्दकर्तालाई नियन्त्रणमा लिएको छ । तुलसीपुर र घोराहीबाट आठ जना बन्द कर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हाे ।

तुलसीपुरबाट संजय, सुर्दशन, हेमन्त र दिपेन्द्रलाई प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

गाडी सवारी संचालनमा अवरोध गर्ने, चाँवी खोस्ने, धम्काउने जस्ता कार्य गरेको हुँदा उनीहरुलाई नियन्त्रणमा लिनु परेको मल्लले बताए । त्यस्तै घोराहीमा थप चार जना पक्राउ परेका छन् ।

घोराहीको सर्रामा बाटोमा अवरोध राखेर बन्द गरिरहेको अवस्थामा चार जना बन्द कर्तालाई नियन्त्रणमा लिइएको छ । हिमाल केसी, टार्जन वली, खुमन पौडेल र प्रकाश बुढा मगरलाई सवारी साधनमा अवरोध ताथ सडक खण्डमा अवरोध राखेर अवरोध गरेको पाइएको हूँदा नियन्त्रणमा लिनु परेको प्रमुख काफ्लेले बताए ।

शान्तिपूर्ण रुपमा बन्द सफलपार्न खटिएका आफ्ना कार्यकर्तालाई नियन्त्रणमा लिएर राज्यले दम्भ देखाएको बिप्लव नेकपाका जिल्ला सेक्रेटरी प्रदीप वलीले आरोप लगाए । उनले पक्राउ गरिएकाहरुलाई बिनासर्त रिहा गर्न माग गरे ।

बन्द सफल पार्न सहयोगका लागि उनले सबैमा आग्रह समेत गरेका थिए । मंगलबार नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नेत्र बिक्रम चन्द (विप्लव) , ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेकपा माओवादी समाजवादीले नेपालबन्दको आह्वान गरेका थिए ।

उनीहरुले जारी गरेको बिज्ञप्तिमा तीन बुँदे राजनीतिक सहमतिका विपरित पार्टीका नेतालाई पक्राउ पूर्जी जारी गरिएको, एमसिसी पास गरेको, भ्रष्टाचार बढेको र महंगी नियन्त्रणमा चासो नदिएको जस्ता कारणहरु देखाउँदै बन्द गर्नु परेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array