दाङका प्रहरी प्रमुख काफ्लेको सरुवा, दाङमा ओली आए

माण्डवी न्युज
माण्डवी न्युज ९ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

दाङ – दाङ जिल्लाका प्रमुख प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेको सरुवा भएको छ । काफ्लेको अपराध अनुसन्धान विद्यालय काठमाडौंमा काजमा सरुवा भएको हो ।

प्रहरी प्रधान कार्यालयले गरेको सरुवाअनुसार दाङमा बागमती प्रदेश प्रहरी गण हेटौंडामा कार्यरत प्रहरी उपरीक्षक वीरबहादुर ओली आउने भएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक खड्क बहादुर खत्रीको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा सरुवा भएको छ ।

दाङ प्रमुख एसपी काफ्लेसहित नेपाल प्रहरीका ५ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array