ब्राउनसुगर सहित दाङमा दुई जना पक्राउ

माण्डवी न्युज
माण्डवी न्युज ९ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

दाङ – प्रहरीले २२० मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । बुधबार बेलुका साढे ८ बजेतिर तुलसीपुरबाट २२० मिलिग्राम ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेश प्रसाद काफ्लेले जानकारी दिए ।

पक्राउ पर्नेमा बाँके कोहलपुर उपमहानगरपालिका-५ लोकनगर घर भैइ हाल तुलसीपुर उपमहानगरपालिका ६ कालिका मन्दिर नजिक ससुराली आएका २९ वर्षीय मान बहादुर गन्धर्व रहेका छन् ।

गन्धर्भलाई सोधपुछ गर्दा लागूऔषध तुलसीपुर ६ बरुवागाउँ निवासी ३० वर्षिय अनिल विकसंग खरिद गरेको भन्ने बयान दिएपछि विकलाई पनि पक्राउ गरिएको प्रहरी प्रमुख काफ्लेले बताए ।

गन्धर्वलाई तुलसीपुरको गार्डेन मार्ट नजिकबाट र विकलाई तुलसीपुरको ‘ग’ लाईनबाट पक्राउ गरिएको प्रहरीले बताएको छ । उनीहरु दुवै जनालाई म्याद थप गरि आवश्यक अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

Array